उदयपुरमा फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल सन्चालन, नेपाली र विदेशीहरु समेत स्कूलमा आकर्षित

माधव पोखरेल
प्रकाशित: २२ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरको बेलका नगरपालिका स्थित रामपुरमा दुई वर्षदेखि प्याराग्लाइडिङ गर्ने इच्छुकहरुकालागि फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल संचालनमा ल्याइएको छ ।

यस स्कुलमा नेपाली मात्र नभएर विदेशी नागरिकहरुले समेत प्याराग्लाइडिङ गर्न शिक्षा लिइरहेको छन भने नेपालका दर्जन बढी जिल्लाबाट आएर प्याराग्लाइडिङ गर्न यसको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्षका बारेमा जानकारी लिइरहेका छन् ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ को रमाइलो डाँडा, बेलका नगरपालिकाको ८ न.को बोक्लाङ र चम्पाकोट डाँडा, चौदण्डीगढीको १ नंमा पर्ने चौदण्डीगढी, उदयपुरगढीको ५ नं उदयपुरगढीबाट, कटारी नगरपालिकाको ७ नं मरजितपुरबाट र रौतामाई गाउँपालिकाको ६ नं को टावरडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको गाईघाटका प्याराग्लाइडिङका सोलो पाइलट जितु रोइलाले बताए ।

प्याराग्लाइडिङ स्कुलका संचालक सुरेन गुरुङले ६ वर्षदेखि स्कुल संचालन गरेको र प्याराग्लाइडिङ कोर्श संचालन भैरहेको जानकारी दिंदै बेजियम, फ्रान्स, बेलायत,भारत,श्रीलंका लगायतका देशबाट प्रशिक्षणकालागि आएको बताए ।

बेलकाको बोक्लाङ र चम्पाकोटबाट प्रशिक्षार्थीहरुलाई उडाउने काम भैरहेको जानकारी दिदै गुरुङले व्यवसायिक कोर्श डेढ वर्षको हुने र सो पछि मात्र व्यवसायिक उडान गर्न पाउने प्रावधान रहेको बताए ।

गुरुङका अनुसार कोर्श पुरा गरेपछि पोखरामा रहेको नेपाल एयर स्पोर्ट एसोसिएसनमा जाँच दिएर पास भएपछि प्रमाणपत्र लिएर लाइसेन्स प्राप्त गरेपछि मात्र व्यवसायिक उडान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर