यि हुन सिद्धार्थ बैंकका सेयरधनी, कसको कति कित्ता सेयर ?
काठमाडौं । सिद्धार्थ बैंकको सवै भन्दा ठूलो संस्थापक लगानीकर्ता हुन मनोज कुमार केडिया। केडिया बैंकका संचालक समितिका अध्यक्ष समेत हुन् । उनीसँग संस्थापक र सर्वसाधारण गरी ४५ लाख ५३ हजार २३८ कित्ता सेयर रहेको छ । त्यसै गरी उनीको श्रीमती सविता केडियासँग संस्थापक र सर्वसाधारण गरी २७ लाख १२ हजार ९२ कित्ता सेयर रहेको छ । त्यसै गरी मनोज कुमार केडियाको भाई मोहित केडियासँग ५८९ कित्ता, मनोज कुमार केडियाको बुवा ताराचन्द केडियासँग १ हजार ६८२ कित्ता, मनोज कुमार केडिायको आमा पुष्पादेवी केडियाको ६ हजार ३९० कित्ता सेयर रहेको छ ।
सिद्धार्थ बैंकको सिईओ र प्रबन्धकहरुको तलव /भत्ता मात्रै ४५ करोडमाथि, कसले कति बुझे ?
त्यसै गरी संचालक नरेन्द्र कुमार अग्रवालसँग संस्थापक र सर्वसाधार गरी ४१ लाख ७५ हजार ३२६ कित्ता सेयर रहेको छ ।
त्यसै गरी अर्का संचालक राहुल अग्रवालसँग संस्थापक र सर्वसाधारण गरी ४ लाख ७२ हजार ३३३ कित्ता सेयर रहेको छ । राहुल अग्रवालका बुवा बिनोद कुमार अग्रवालसँग संस्थापक र सर्वसाधारण गरी १३ लाख १७ हजार ५३८ कित्ता रहेको छ । त्यसै गरी राहुल अग्रवालको दाजु ऋषि अग्रवालसँग ५६ कित्ता रहेको छ ।
त्यसै गरी अर्काे संचालक दिनेश शंकर पालिखेसँग २ हजार ८५९ कित्ता रहेको छ । पालिखेकी श्रीमती सरसिज पालिखेसँग ५ लाख ४२ हजार ५६४ कित्ता, पालिखेको दुई छोरा आयुष पालिखेसँग १ हजार ६७ कित्ता र आभाष पालिखेसँग १ हजार ६७ कित्ता सेयर रहेको छ ।
त्यसै गरी संचालक अंकित केडियासँग संस्थापक र सर्वसाधारण गरी १ लाख १० हजार ५३६ कित्ता सेयर रहेको छ । अंकित केडियाको बुवा रतनलाल केडियासँग ३४ लाख ९७ हजार ७०३ कित्ता सेयर रहेको छ ।
त्यसै गरी स्वतन्त्र संचालक मिना कुमारी सैँजुसँग ११९ कित्ता सेयर रहेको छ । बैंकका सिइओ सुन्दर प्रसाद कडेलसँग २९ हजार ४३८ कित्ता, नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालसँग २९ हजार ४५६ कित्ता र सहायक प्रमुख कार्यकारी अधिकृत शेयर बहादुर बुढाथोकीसँग २९ हजार ४५२ कित्ता सेयर रहेको छ ।
प्रतिक्रियाहरू
And Shrestha
1 year ago
Nepali ta ek jana panee chaina ni ho...
Ang raj bharati
1 year ago
Yo chhori bank ho. Share holdar ko 6000000000.00 choreko chha. Aja bhayako agm ma maile yo issue uthayako chhu.
Shares