नेप्सेको वेवसाइटको कुनै प्राविधि समस्या छैन, ढुक्क भएर लगानी गर्नुहोस् : कृष्णबहादुर कार्की- सिइओ, नेप्से

अर्थकागज
प्रकाशित: १२ साउन २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को वेवसाइटमा कुनै पनि कुनै प्राविधि समस्या नभएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताएका छन् । विभिन्न संचार माध्यममा नेप्सेको वेवसाइटमा प्राविधि समस्या लगायतको समाचार आएपछि अर्थ कागज डट कमले नेप्सेका सिइओ कार्कीलाई वेवसाइटमा प्राविधि समस्या आएको हो ? भनेर प्रश्न गरेको थियो । अर्थ कागजको यो प्रश्नमाथि नेप्सेका सिइओ कार्कीको जवाफ यस्तो छ :'नेप्सेको वेवसाइटमा अहिले कुनै पनि प्राविधि समस्या छैन्, नेप्सेमा अहिले दैनिक १ खर्ब रुपैयाँ सम्मको कारोबार सजिलैसँग गर्न सक्ने आधुनिक सिस्टम रहेको छ । त्यसैले ढुक्क भएर लगानीकर्ताले लगानी गर्दा हुन्छ ।' 

प्रतिक्रियाहरू

बेदराज निराैला

2 years ago

9 कित्ता तलकाे कित्ता पनि बिक्रि हुने ब्यबस्था गर्नु पर्याे सर। मैले 160 बिक्रिमा राखेकाे 3 कित्ता छाेडेर 157 कित्ता मात्र ताने ।येा त 10ले भाग जाने हैन र?

सम्बन्धित खबर