नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड !
प्रकाशित:
१९ मंसिर २०८०
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज अर्थात बुधबार बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीले निष्कासन गरेको आईपीओमा १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो । आईपीओ बाँडफाँड गोलाप्राबाट भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares