प्रभु बैंक नाफामा अब्बल बन्दै, अन्य सूचकमा चमक !

अर्थकागज
प्रकाशित: १६ कात्तिक २०८०
Image description

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय प्रगतिमा उल्लेखनिय सुधार गरेको छ । यस अवधिमा अन्य बैंकको तलनमा प्रभु बैंकले नाफाको प्रतिशत बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १ अर्ब ३ करोड कमाउन सफल भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा नाफा ४६.७०% ले बढेको हो ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५% र ५१.३२% ले बढेको छ । यसले गर्दा बैंकको नाफा बढ्न टेवा पुगेको छ । प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ ।


प्रतिक्रियाहरू

y p pandey

2 years ago

यदि प्रोपोकान्ड होइन भने यसको प्रमाण सेयर धनी हरुले पाउने हिसाब र रिणि हरुले तिर्ने ब्याज अनि तल्लो तहका कर्मचारी को खुसी बाट प्रमाणित हुने हो।

सम्बन्धित खबर