सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
१४ चैत २०८२
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ८६ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८१ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४७२० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares