हाइड्रो पावरको सबै भन्दा महंगो कम्पनी कुथेली बुखरी स्मलको वेभसाईट बन्द, सेयरधनीहरु सुचनाबाट बन्चित

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८१
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्नो वेभसाईट बन्द गरेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सुचिकृत कम्पनीहरुले सेयरधनीलाई सुचना दिन वेभसाईट निर्माण गरी वेभसाईट मार्फत सुचना दिनु पर्ने व्यवस्था छ । तर, कुथेली बुखरी स्मल हाइड्रोपावरले भने निर्माण गरेको वेभसाईट बन्द गरेको हो । अहिले कम्पनीको वेभसाईट खोज्दा फेला पर्दैन । जलविद्युत कम्पनीहरुमध्ये सवै भन्दा महंगो सेयर भएको कम्पनीको वेभसाईट छैन लगानीकर्ता रामहरी अधिकारीले भने-'दोस्रो बजारमा लगानीकर्ताले के को आधारमा लगानी गरिरहेका छन् । वेभसाईटमा हेरेर लगानीकर्ताले कम्पनीको बारेमा सवै कुरा ज्ञान लिन पाउने व्यवस्थाबाट बन्चित गर्ने यस्ता कम्पनीलाई तत्काल नेप्सेले कारवाही गर्नु पर्छ ।'

नेप्सेमा लिष्टिङ भएको जलविद्युत कम्पनीहरुमध्ये सवै भन्दा धेरै मूल्यमा कारोबार भएसँगै रेर्कड बनाएको थियो । दोस्रो बजारमा यसको प्रतिकित्ता ३ हजार १६० रुपैयाँसम्म कारोबार भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर