नेको इन्सुरेन्सको साधारणसभा सम्पन्न, संचालक समितिको अध्यक्षमा रमेश कुमार निरौला चयन

अर्थकागज
प्रकाशित: ११ माघ २०८०
Image description

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आफनो २८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो साधारण सभाले आर्थिक बर्ष २०७९।०८० को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट २ जना र साधारण शेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ५ जना संचालकहरुलाई निर्वाचित गरेको छ ।

निर्वाचित हुने संचालकहरुमा संस्थापक शेयरधनीका तर्फबाट रमेश कुमार निरौला र प्रताप सुवेदी त्यसैगरी साधारण शेयरधनीको तर्फबाट भरत कुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ रहेका छन् ।

निर्वाचन पश्चात् बसेको ४५७ औं संचालक समितिको बैठकले रमेश कुमार निरौलालाई संचालक समितिको अध्यक्षको रुपमा चयन गरेको छ ।

यो पनि 

कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी नेको इन्सुरेन्सको संचालकमा निर्वाचित



प्रतिक्रियाहरू

सम्बन्धित खबर