यि हुन् एनएमबी बैंकका १४ चर्चित ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २२ पुस २०८२
Image description

काठमाडौं । एनएबी बैंक लिमिटेडमा सवै भन्दा धेरै सेयर स्वामित्व एफ एम ओ नेदरल्याण्डसको रहेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार नेदरल्याण्डसको १३.६९ प्रतशत अर्थात २ करोड ५१ लख ४७ हजार १४२ कित्ता रहेको छ । त्यसै गरी कर्मचारी संचयकोषको ५.५३ प्रतिशत अर्थात १ करोड १ लाख ५० हजार ७२९ कित्ता, यंग लियन रियल्टी एस डि एन वि एच डि, मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता, गाइत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि. को १.४५ प्रतिशत अर्थात ३२ लाख ३ हजार २५ कित्ता, नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात ३० लाख ९३ हजार ३२० कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यसै गरी धनन्जय प्रसाद आचार्यको १.४५ प्रतिशत अर्थात २८ लाख ३६ हजार १६१ कित्ता, सुनिल कुमार गोल्याणको १ प्रतिशत अर्थात १८ लाख ३० हजार ८९२ कित्ता, पवन कुमार गोल्याणको ०.९१ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता, पशुपति मरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३ कित्ता सेयर स्वामित्व रहेको छ ।

हेर्नुस् कम्पनीमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण


प्रतिक्रियाहरू

सम्बन्धित खबर