नेपाल एसबीआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपको ब्याजदर घट्दा कर्जा कति सस्तियो ?

अर्थकागज
प्रकाशित: ३० जेठ २०८३
Image description

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुनेगरी बैंकले निक्षेप र कर्जाको विविध शीर्षकमा नयाँ ब्याजदर तोकेको हो । 

बैंकले निक्षेपका लागि अधिकतम ४.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकका अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको अवधिका लागि २.८२ प्रतिशत ब्याजदर तोकिएको छ भने ६ महिनादेखि १ वर्षसम्मका लागि ३ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ३.२० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ३.४० प्रतिशर र ३ वर्षमाथि ४.१० प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

तथापि, संस्थागत निक्षेपमा भने सबै खाले सीमका लागि समान २.७५ प्रतिशतका दरले ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । 

५.५ प्रतिशतमै अटो कर्जा

यता कर्जा लगानीतर्फ समेत बैंकले सुलभ कर्जा योजना ल्याएको छ । न्यूनतम ५.५ प्रतिशतको सस्तो ब्याजदरमै हायर पर्चेज (अटो खरिद कर्जा) योजना ल्याएको छ । व्यक्तिगत प्रयोजनका विद्युतीय गाडी खरिद गर्न बैंकले आधारदर (बेसिक) मा न्यूनतम ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशतको प्रिमियम चार्ज जोडेर कर्जा दिने उल्लेख गरेको छ । हाल बैंकको औसत आधारदर ५.२५ प्रतिशत रहेको छ । 

तर फिक्सड (स्थिर) ब्याजदरका लागि भने बैंकले ५ वर्षे अवधिका लागि ८.९९ प्रतिशत र १० वर्षमाथिका लागि ९.४९ प्रतिशतको ब्याजदरमा हायर पर्चेज कर्जा उपलब्ध गराउने जनाएको छ । 

यसैगरी शैक्षिक कर्जाका लागि अस्थिर (फ्लोटिङ)मा आधारदरमा २ देखि ४ प्रतिशत प्रिमियम राखेर ब्याजदर प्रदान गर्ने उल्लेख गरेको बैंकले स्थितर ब्याजदरका लागि ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म तोकेको छ । 

घर कर्जाका लागि भने बैंकले ८.९९ प्रतिशतदेखि ९.४९ प्रतिशतसम्मको स्थिर ब्याजदर तोकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर