तिलक कोइरालाले गरे आन्दोलन गर्ने संकेत !
काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले पुँजी बजार विकासको लागि आन्दोलन गर्ने संकेत दिएका छन् ।
कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनको संकेत दिएका हुन् । कोइराला आफ्नो फेसबुकमा लेख्छछन्-' भेडा र आउरे बाउरे लगानीकर्ताले केही लछारपाटो लाउन सकेनन् हैन ? फेरि मै अगाडि आउनु पर्यो ?'
कोइरालाको यो स्टाटसले सेयर बजारमा आन्दालन गर्ने अप्रत्यक्ष रुपमा संकेत छ । कोइरालाको यो स्टाटसमाथि धेरै लगानीकर्ताले समर्थन समेत गरेका छन् ।
यति खेर सेयर बजारको लगानी ६० प्रतिशत भन्दामाथि घटेपछि लगानीकर्ता तनावमा पुगेका छन् ।
यस अघि सेयर बजारको विकास बृद्धिको लागि भएको आन्दोलनमा कोइरालको नेतृत्वमा हुँदै आइरहेको छ ।
कोइरालाले फेसबुक मार्फत 'शनिवार गभर्नरको निवास, आईतबार सेबोन अध्यक्ष निवास र सोमबार अर्थमन्त्री निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिने, सबै आउनुहोला' भन्दै सवै लगानीकर्तालाई अनुरोध गरेका छन् ।
Shares