सगरमाथा लुम्बिनी इन्सुरेन्सले बोलायो साधारण सभा, नयाँ संचालकको निर्वाचनदेखि लाभांश पारितको प्रस्ताव
प्रकाशित:
०५ चैत २०८०
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चैत २७ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १२ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('');
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares