कुमारी बैंकको चौबीसौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा आज अर्थात सोमबार त्रिभुवन आर्मी अपिसर्स क्लब काठमाडौंमा भव्यरुपले सम्पन्न भएको हो । सभाले संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/ ८१ के बार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगदप्रवाह विवरण नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत बार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) पारित गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र के.बि.एल. सेक्यूरिटिज लिमिटेडको आर्थिक वर्ष २०८०/ ८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८१/ ८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । सभामा एक दर्जन भन्दा बढी सेयरधनीहरु बोलका थिए । सभामा बोल्ने सेयरधनीहरुले प्रमुख कार्यकारी अधिृकत (सिइओ) रामचन्द्र खनाल र अध्यक्ष अमिर प्रताप ज.ब. राणाको खुलेर प्रसंशा गरेका थिए ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रियाहरू
Narendra Man shrestha
1 year ago
Bhatta lineharule prasamsa gari halxa ni ki kaso . Share holder lai khoi dividend deako .EPS Rs 0.02 yasta co ko prasamsa garne dhat .
Shares