नेपाल टेलिकमको सेवा प्रभावित हुने
प्रकाशित:
२४ असार २०८१
नेपाल टेलिकमका केहि सेवाहरु आज मंगलबार राति ११ बजेदेखि भोलि बुधबार बिहान ६ बजे सम्मका लागि प्रभावित हुने भएका छन् । टेलिकमले बिलिङ्ग प्रणाली स्तरोन्नतिको परिक्षण गर्ने भएकाले सो सम्बन्धी सेवा प्रभावित हुने जनाएको छ ।
टेलिकमले बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण कार्य २५ गते राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म गरिने भएकोले उक्त अवधिमा Balance Recharge/ Package खरिद/Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने हुँदा सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नुहुन अनुरोध गरेको छ। उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने जनाएको छ ।
टेलिकमको सूचनाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares