प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थकागज
प्रकाशित: २१ साउन २०८२
Image description

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले 'भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर