सुपर मादी हाइड्रोपावरको १५.७८९४७ प्रतिशत लाभांश घोषणा
प्रकाशित:
०८ भदौ २०८३
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीले आ.व. २०८२/८३ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares