लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रदमा आजदेखि आवेदन दिन पाईने

अर्थकागज
प्रकाशित: १२ मंसिर २०८१
Image description

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सेयरमा आज मंसिर १२ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १०ः८.८५१६८ को अनुपातमा सेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ त्यसैले कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउँछन् ।

इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

कहाँबाट आवेदन दिने ?

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर