नेपाल सेयरधनी संघले गर्यो अर्थमन्त्री र सेवोनको अध्यक्षसँग बार्ता !

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८०
Image description

काठमाडौं । नेपाल सेयरधनी संघको टोलीले (आज) सोमबार अर्थमन्त्री र नेपाल धितोपत्र बोर्डसँग छुट्टा छुट्टै भेट वार्ता गरेको छ ।

संघले अर्थमन्त्र डा प्रकाश शरण महत र नेपला धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग वार्ता  गरेको हो । नेपाल सेयरधनी संघले दुवै पक्षसँगको भेट वार्तामा राष्ट्र बैंकको पूँजीबजारप्रती गलत नीति र पूँजी बजार सुधारको लागी आग्रह गरेका छन् । 

अर्थमन्त्रीसँगको वार्तामा संघले तत्काल ४/ १ २ को सिमा हटाउनु पर्ने, सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको सेयर किनबेचको अवधि बढाउनु पर्ने र नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा लगाइएको १५ प्रतिशतको क्याप तत्काल हटाउनु पर्ने माग राखेको छ ।

त्यसै गरी धितोपत्र बोर्डका अध्यक्षसँगको वार्तामा बित्तीय अवस्थाले खराब कम्पनीको प्रिमिय मुल्यमा जारी हुदै आएकोले सेवोनले भोलीका दिनमा यस्ता कम्पनीको आईपीओ निश्कासनको अनुमती तत्काल बन्द गर्नु पर्ने लगायतको माग संघले राखेको छ । 



प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

2 years ago

कुरात धेरै भय तर लागु एउटा कुरा पनी भयन नेपाल देश होकी नाकको हो

सम्बन्धित खबर