पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

अर्थकागज
प्रकाशित: १२ वैशाख २०८१
Image description

जनकपुरधाम । काग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले जिल्ला अदालत रौतहटले आज उनलाई जन्मकैदको सजाय सुनाएको हो । 

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।

स्रेस्तेदार ढोडारीका अनुसार मो. अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । सहनी ईटा भट्टाका मुनसी थिए ।

यस्तै, आरोपी मुक्ति शाहले सफाइ पाएका छन् । शाह पनि ईटाभट्टामै कार्यरत थिए । आरोपी ६ जनाको हकमा फैसला सुनाइएन । स्रेस्तेदार ढोडारीले ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताए । ४ जनालाई जन्मकैद, एकजना सफाई, ६ जना मुलतवीमा राखिएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर