होसियार ! हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहार्दै क्यापिटलका कर्मचारी
प्रकाशित:
३१ साउन २०८०
काठमाडौं । हिमालयन क्यापिटलले निस्कासन गरेको हिमालयन म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ मा लगानी गरे डुबिने पक्का देखिन्छ । पछिल्लो समय बजारमा म्युचुअल फन्डले राम्रो प्रतिफल दिन नसकेर आलोचना खेपिरहेको बेलामा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा लगानी गर्नु भनेको बालुवामा पानी खनाए जस्तै हुनेछ । अर्थात, ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा लगानी गर्नेले प्रतिफलको आशा नगर्दा हुनेछ ।
वित्तीय क्षेत्रमा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डको व्यवस्थापन गर्ने व्यक्तिहरुको काम कारवाहीप्रति पनि प्रश्न चिन्ह उठ्दै आएको छ । जस्तै घोराही सिमेन्टको आईपिओ । हिजोआज बजारमा हट केकको विषय बन्दै आएको घोराही सिमेन्टको आईपिओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल गरेको थियो । घोराहीको प्रिमियम मूल्यको लेखाजोखा हिमालयन क्यापिटलको व्यवस्थापनले गरेको थियो । कम्पनीको वित्तीय विवरण अनुसार भन्दा पनि लगानीकर्तालाई कसरी फसाउने र कम्पनीको हाकिमहरुलाई दिर्गाकालीन रुपमा कसरी धेरै फाइदा हुनेछ भनेर क्यापिटलको व्यवस्थापन काम गर्दै आएको प्रष्ट देखिन्छ ।
सेयर बजारमा एक छोटी नकारात्मक छाप बसिसकेको हिमालयन क्यापिटलको व्यवस्थापनलाई कसरी बजारबाट पैसा उठाउन सकिन्छ भनेर उपाए खोजिरहेका छन् । विशेष गरी क्यापिटलले आफूनो कमीकमजोरी ढाकछोप गर्न प्रचारप्रसारमा आर्थिक र भौतिक रुपको रणनीति गजव्बको देखिन्छ ।
क्यापिटलका सिइओ लगानीको भिख माख्दै बैंक वित्तको ढोकामा !
आफूले नेतृत्व गरेर जारी गरेको 'हिमालयन ८०–२०' म्युचुअल फन्ड नबिक्ने देखिएपछि यति खेर प्रमुख कार्यकारी अधिकृत (सीइओ) परमेश्वर पन्तलाई रातमा निद्रा परेको छैन् । केही दिन अघिदेखि सिइओ पन्त सहितको सानो कर्मचारीको टोली बैंकहरुको, कर्पाेरेट कम्पनीको सिइओहरुलाई र अन्य क्यापिटलको फण्ड म्यानेजरलाई हातमा आवेदन फारम लिएर भेट्न हिडिरहेका छन् ।
एक क्यापिटलका कर्मचारी भन्दै थिए-'साथिहरु अलिकति रकमको भएपनि आवेदन दिनुपर्यो, तपाईहरुको खुलाएको बेला पनि हामी सहयोग गर्छाै ।' ती कर्मचारीलाई अर्थ कागजलाई भने -'सहयोग गर्नु त पर्ने हो तर, फण्डको अहिले प्रतिफलको आशा नगर्दा हुन्छ।अनि फण्डको व्यवस्थापन गतिलो पनि छैन।' कर्पाेरेट र लगानीकर्ताले लगानी नगर्दा राम्रो हुने ती क्यापिटलको कर्मचारकिो भनाई छ ।
बजारमा सस्तोमा म्युचुअल फन्ड फालाफाल
हिमालयन क्यापिटलले जारी गरेको हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ मा लगानी गर्नु भन्दा स्रो बजारमा लगानीकर्ताले सस्तो मूल्यमा राम्रा क्यापिटलको म्युचुअल फण्डहरु पाइनेछ । प्रति इकाई ६ देखि ९ रुपैयाँमा भनेजस्तो हिजोको दिनमा राम्रो प्रतिफल दिइएका म्युचुअल फण्डहरु दोस्रो बजारमा छानीछानी किन्न पाइनेछ ।
बैंकको व्यवस्थापनले सधै लगानीकर्तालाई हेप्ने
यस हिमालयन क्यापिटल हिमालयन बैंकको सायक कम्पनी हो । हिमालयन बैंकले लगानीकर्तालाई हेप्दै आएको छ । बैंक साधारण सभा समेत सभालको गेटमा भोटे ताल्चा लगाएर गर्ने गरेको छ । सेयरधनीले बैंकको व्यवस्थापनको कामकारबाही प्रति आवाज उठाउछन् भनेर सभा हलमा सेयरधनीलाई छिर्न दिदैनन । गेटमा भोटे ताल्चासँगै गार्डको समूह राखेर एजिम गर्ने गर्दछ । व्यवस्थापनको सहि व्यवस्थापन र नियती ठिक भएको भए किन सभा हलमा भोटे ताल्चा लगानु पर्थ्यो ? हामीसँग त्यो सभालको भिडियो पनि छ । सभा हलमा आफू अनुकलको सेयरधनी बोलाएर साधाण सभा गर्ने गर्दछ ।
क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ । यो क्यापिटल र म्युचुअल फण्डहरुको थप समाचार अर्काे भागमा क्रममा लेख्दै जाने छौं... ।
प्रतिक्रियाहरू
Rai
2 years ago
काम छैन
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares