नेपाल इन्स्योरेन्स र लुम्विनी लायन्सवीच एनपिएलको प्रायोजन सम्बन्धी सम्झौता

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८१
Image description

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्विनी लायन्स प्रालिबीच एनपिएल क्रिकेट प्रायोजन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र लुम्विनी लायन्स प्रालिका तर्फबाट अध्यक्ष ईश्वरबहादुर जिसीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत विकल लाल श्रेष्ठ र लुम्विनी लायन्स प्रालिका बाबुकाजी कार्कीको समेत उपस्थिति थियो । यही मसिंर १५ गते देखि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आयोजना भईरहेको उक्त प्रिमियर लिगमा बिश्वाशिलो बीमा साझेदारको रुपमा यस कम्पनी लुम्विनी लायन्सको प्रायोजक बनेको हो ।

उक्त लिगमा सहभागि खेलाडी तथा अन्य व्यक्तिहरुले प्रयोग गर्ने लुम्विनी लायन्सको टोपीमा कम्पनीको लोगो अकिंत हुनेछ भने अन्य विभिन्न प्रवर्धनात्मक क्रियाकलापहरुमा समेत नेपाल इन्स्योेरेन्सको सहभागिता रहने कम्पनीले जनाएको छ ।

यस सम्झौताबाट नेपालको खेलकुदको विकाशमा टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७८ वर्षदेखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, साख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा बीमा सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर