सुन एकैदिन तोलाको ६४ सयले बढ्यो

अर्थकागज
प्रकाशित: २५ साउन २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर