सुनको भाउ २ हजार ९ सय रुपैयाँले बढ्यो
प्रकाशित:
२० जेठ २०८२
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares