महिलाले आफ्नो अधिकार प्रयोग गरेननः उपसभामुख राना मगर

काठमाडौं । संघिय संसदका उपसभामुख इन्दिरा राना मगरले महिलाहरुले आफ्नो अधिकार प्रयोग नगरेको बताउनु भएको छ ।
सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संक्रान्ती बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उपसभामुख राना मगरले अहिले संबिधानमा ३३% महिलाको ब्यबस्था गरिएको भएपनी सबै महिला रबर स्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको दावी गर्नु भयो । वहाँले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउनु पर्नेमा जोड दिनु भयो । महिलाको हक अधिकारका लागि महिला महिला बीच प्रतिस्पर्धा हुनु पर्ने र जात जाति बीचको हक प्राप्त गर्न उनीहरुनै आफु आफु लड्नु पर्ने मगरको भनाइ छ । उपसभामुख राना मगरले संबिधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गर्नु भयो
सोमबार उदयपुरमा नेपाल मगर संघले माघी अर्थात मगर संक्रान्तीको उपलक्षमा हुर्रा नृत्यदेखि बिबिध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।
Shares