पोखरा फाइनान्स घाटामा, वितरणयोग्य मुनाफा ४६ करोडले ऋणात्मक


काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा फाइनान्सको खुद नाफामा गिरावट देखियको छ ।
असार मसान्तसम्ममा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।
समिक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ३५.७६ प्रतिशतले घटेको छ असार मसान्तसम्म कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ४६ करोड ८८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा फाइनान्सको नेटवर्थ १२३.५ रुपैयाँ रहेको छ। फाइनान्सको खराब कर्जा बढेर ९.७५ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा फाइनान्सको खराब कर्जा ५.३८ प्रतिशत रहेको थियो ।
Shares