आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर

अर्थकागज
प्रकाशित: २० मंसिर २०८१
Image description

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यि तीन कम्पनीको आज सेयर रहेका सेयरधनीले लाभांश पाउनुका साथै साधारणसभामा सहभागि हुन पाउने छन् ।

सूर्यज्योति लाइफले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ । प्रस्ताव पारित गर्न पुस ६ गते शनिबार विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्दै छ ।

त्यस्तै, एनआरएन इन्फ्रान्सट्रक्चरले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सोही प्रयोजनका लागि कम्पनीको वार्षिक साधारणसभा पुस १२ गते आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले पनि चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रयोजनका लागि कम्पनीले पुस ११ गते आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने गरी सभा डाकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर