इप्पानको सचिवमा कुबेरमणि नेपालको उम्मेदवारी घोषणा

अर्थकागज
प्रकाशित: २६ जेठ २०८३
Image description


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था -इप्पान) को सचिव पदमा उर्जा उद्यमी कुबेरमणि नेपालले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । 

ऊर्जा तथा निर्माण व्यवसायी नेपालले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्लोन लामाको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् । इप्पानको वर्तमान कार्यसमितिमा प्रभावकारी भूमिका खेलका नेपालको जलविद्युत कम्पनीहरुलाई संगठित गरी इप्पानलाई नीतिगत सुधारमा विशेष भूमिका रहेको थियो । 

सचिवको प्रत्यासी नेपाल रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड, भोजपुर शिवालय हाइड्रोपावर कम्पनी लिमिटेड र सौर्य उर्जा व्यवसायमा समेत आवद्द रहेका छन् । 

उर्जा उद्येमी नेपाल जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । २५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको सचिवमा बलियो दाबेदार रहेको उनले बताए । आफू सचिव पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा नेपाल ढुक्क छन् । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर