चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

अर्थकागज
प्रकाशित: १५ कात्तिक २०८०
Image description

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । 

आज अर्थात बिहीबार बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । 

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको थियो । जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको थियो । 

कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो । आवेदन बढी परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । आईपीओको लक्की नम्वर २ रहेको छ । 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ। नतिजा हाल्न भने केही समय लाग्ने क्यापिटलले जनाएको छ । 


प्रतिक्रियाहरू

Rabin k c

2 years ago

Ho

Rabin k c

2 years ago

Ho

Rabin k c

2 years ago

Ho

Rabin k c

2 years ago

Ho

Nar Bahadur shahi

2 years ago

Share कति परेयो होला

Ramchandra neupane

2 years ago

Hi

सम्बन्धित खबर