काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप
प्रकाशित:
०८ भदौ २०८३
काठमाडौं । काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन् ।
ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ ।
सामाजिक सञ्जालमा प्रहरी र युवाको झडपको भिडियो भाइरल भएको छ । हातपात गर्ने २७ वर्षीय राजु कठायत भएको खुलेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares