बजार बुल जान सक्ने महत्वपुर्ण कारक तत्वहरु र लगानीकर्ताको कर्तव्य

सुवासचन्द्र भट्टराई
प्रकाशित: १७ भदौ २०८१
Image description

नेपालको पॅूजीबजार (सेयरबजार) को बुल चक्र २२६० कटेदेखि नै सुरु भै सकेको हो ! बुल जान सक्ने महत्वपुर्ण कारक तत्व अनि हामीले गर्नु पर्ने कर्तव्य !

१) सेयरबजारलाई नीतिले डोर्याउछ! बजारको लागि बनेको र बनिरहेको नीति बजारको पक्षमा छन!

२) सरकारले लगानीकर्तालाई बिच्काउने पक्षमा छैन! ठूलो Mass को sentiment लाई बजार मार्फत ०८४ को मत आफनो पोल्टामा हाल्न लगानी मैत्री नीति मा जोड दिएको छ! प्रतिपक्ष पनि तेसलाई नकारात्मक ढंगले प्रस्तुत हुने छैनन!

३) वित्त नीति, लचिलो मौर्द्रिक नीति , घटिरहेको व्याजदर

ले सेयरबजारलाई मलजल गरेको छ! लगानीकर्ता मनोबल उच्च बनाएको छ!

४) यदि व्याजदर अबदेखि घटेन भने पनि ऋणको व्याजदर घट्ने छ ! अर्थात वैकहरुको Base Rate घट्ने छ! ( मुद्दती रसिदहरु नविकरण गर्दै जादा पुरानो महंगो cost को Fund Renew मा कम हुने हुदॅा! )

५) आर्थिक गतिविधी बढदा कम्पनीहरुको मुनाफामा सकारात्मक प्रभाव पर्नै छ! यदि Q1 को Report मा त्यो झझल्को देखियो भने कातिक मै बजार को विन्दु माथि सर्दै जाने छ! Q2 को Reports झन राम्रो आउने छ!

६) यो बर्ष को भन्दा आउने बर्षको लाभासं Handsome हुदै जानेछ! कयौं कम्पनीको ऋणपत्र Mature हुने हुदा दोहोरो फाईदा पुग्ने छ!

७) देश छोडेर जानु भनेको सकिएको होईन! रेमिटेन्सको भारी वृद्धी पनि हो! बजार गॅाउघर सम्म फैलिएको छ! ब्रोकरको संख्या र शाखा वृद्धीले बजारको दायरा फराकिलो बनाएको छ! रेमिटेन्सलाई पॅूजीमा बदल्न नॅया पुस्ताले खोजेको छ! सानो Fund ले सेयर किन्न सक्छन ! तर जग्गा किन्न सक्दैनन! तेसैले सेयरबजार चलायमान हुन्छ!

८) जग्गाको भाउ वृद्धी अति मंहगो भएको मुलुक मा नेपाल पर्छ! पुराना परिवार छुट्टिदै जादा अधिल्लो पुस्तामा परिवारको संख्या ७ थियो भने अहिले ४ भन्दा मुनि आएको छ! अर्थात घर घडेरी थप आवश्यक परेको छैन! migrates भएर विदेशमा पनि नेपालीले आफनो घर बनाएका छन!

९) मुल्य मात्र हेर्ने जमातको वृद्धीले Operator लाई फाईदा पुर्याउछ! बजारमा values, बातावरण, Fundamental अनि Financial Reports हेरन आवश्यक छ! जस्को लागि dedicated book हरु छैनन! Courses हरु छैनन! बुझ्न पनि लगानिकर्ता खोजेको छैनन!

१०) पोखरेली चामलको भाउमा मोटा चामल ब्रिक्की हुन सक्ने भनेको सेयरबजारमा मात्र हो! मकैको ढोड र उखुको लाक्रो उस्तै हुनसक्छ! लगानिकर्ताले छुट्याउन जानु पर्छ!

११) टोटल Demat accounts खोल्ने संख्याको सबैभन्दा बढी १८-३० बर्षको उमेरका लगानीकर्ता (३१%) भएको युवा पुस्ता ! जोश बढि होस कम , अनुभव कम, सामाजिक संजालमा सक्रियता बढी, हल्ला बढि सल्लाह कम हुने हुदॅा बजारले राम्रो को साथ छिटोछिटो Volatile ( उतारचढाव) खेल्ने छ!

१२) Smart Money, Big Money, Unseen Power , Mutual Fund को अन्तरवार्ता कम , Club house हुदैन! सामाजिक संजालबाट लगानिकर्ता को मनोवल र sentiment बुझिरहेका हुनसक्छन! Aggressive market Maker नभएर Diffensive को भुमिका मै उनिहरु हुन्छन भनेर बुझ्नु पर्छ!

१३) बजारको दायरा फराकिलो बनाउन अझै पनि नियामक निकाय, सरकारले सक्छ! मौर्द्रिक नीतिको Review मा बैकलाई सेयर किन्ने मौका , व्यक्तिगत लगानिकर्तालाई १५ करोड को क्याप खुल्ला र Risk weighted घटाईदिन सक्छ!

१४) बाकी किनाई बेचाई बजारको सत्रु हो भने भाव सरकारले बुझेर Real time basis मा bank account लाई पनि Intrigant गरेर सेयरबजारलाई अन्तराष्ट्रियकरण गरि FDI/ FPI/ FII लाई बजारमा प्रवेश गराए ! अनि मात्र सेयरबजार सुन्दर देखिन्छ!

१५) सेयर धित्तोकर्जा , Margin Lending , Margin Trading सबै कर्जा नै हुन तर परिभाषा फरक छन! प्रकृति र ऋण को संरचना र लागत पनि फरक हुन्छ! बुझ्न आवश्यक छ!

 १६) Immature लगानिकर्ता को बाहुल्यता छ बजार मा ! गाली र ताली बजारको रुप हेरेर गर्ने गर्छन! Success र viral फरक हो! Success हुनुहोस! गाली गरेर Viral बन्न नखोज्नु होस!

     जय सेयरबजार , जय लगानिकर्ता , जय जय बुल

प्रतिक्रियाहरू

लालध्वज लामा

1 year ago

यथार्त कुरा।

Hira kaji lama

1 year ago

Sahi jankari

रामेश्वर महर्जन

1 year ago

शेयर बजार को यस्तो नयाँ नयाँ जानकारी पाउने छु भन्ने पुर्ण आशा बादि हुन्छु जय होस धन्यवाद 👏👏

Sabitra pokhrel

1 year ago

Your opinion is very positive for our market .

Raj kumar Rai

1 year ago

सेयर बजार मा हुन सक्ने जाेखिम सजक्ता अपनाउनु पर्ने र फाइदा कसरी सेयर बजारबाट लिने सबै जानकारी याे लेखबाट पाइयाे धन्यवाद।

Krishna Xettri

1 year ago

हजुरको हरेक बोली नै गोलि हो सायद हजुर जस्तो मन्छे सन्सार मा कम नै छन 🙏🙏

Nabin Rai

1 year ago

Sahi kura guru ko

Minkaji Shrestha

1 year ago

एकदमै सहि कुरा

Minkaji Shrestha

1 year ago

एकदमै सहि कुरा

Deepak basnet

1 year ago

Thank you so much subash sir💚🙏

Anup kumar shrestha

1 year ago

i m totally agree with you sir❤️❤️🙏🏻🙏🏻

सम्बन्धित खबर