पत्रकारहरुसँग सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका कार्यालयले बुधबार पत्रकारहरुसँग सुरक्षित आप्रवासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
खासगरी त्रियुगा नगरपालिकाबाट बैदेशिक रोजगारीमा जानेहरुले अपनाउनु पर्ने सावधानी तथा सचेतनाका बारेमा जानकारी तथा उनीहरुले भोगनु परेको समस्या लगायतका बारेमा भैरहेको कामका बारेमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।
त्रियुगा नगरपालिकामा सामी परियोजना अन्तर्गत सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम संचालन भैरहेको र आउँदो चैत्र मसान्तभित्रमा यो परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएकोले सुरक्षित आप्रवासन सम्बन्धी तथ्याङ्क, समस्या तथा समाधानका बारेमा सुझाव संकलन गर्ने काम भएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले अहिले बैदेशिक रोजगारमा जानेहरु अवैधानिक बाटोबाट जाने र विभिन्न समस्यामा परेर घर फर्कने गरेकोले भविष्यमा यस्तो घटना नहोस भनेर सचेतना कार्यक्रम नेपाल सरकारले सामी परियोजना मार्फत संचालन गरिएको बताउनु भयो ।
मेयर बस्नेतले सरकारले कानुनी बाटोबाट जान फ्रिभिसा र फ्रिटिकटको व्यवस्था गरेको भए पनि धेरै मानिस मोटो रकम खर्चेर चोर बाटो हुँदै बैदेशिक रोजगारमा जाने प्रवृति रहेकोले त्यो नियन्त्रणकालागि पनि सामी परियोजनाले महत्पूर्ण भूमिका निर्वा गरेको बताउनु भयो ।
वरिष्ठ पत्रकार कौशल चेम्जोङले वैदेशिक रोजगारीमा पठाउन इजाजत प्राप्त संस्थाहरु १०२० अभिमुखिकरण गराउने सस्ता १४३ स्वास्थ्य जाँच गर्ने २२३ विमा कम्पनी १५बैकहरु १९ शाखा कार्यालय राख्न अनुमति लिएका संस्था ३२ श्रम स्वीकृतिका मान्यता प्राप्त देश १०८ रहेका जानकारी गराएका छन् । वरिष्ठ पत्रकार चेम्जोङले अधिकांश पुरुष नेपाली आप्रवासी कामदारहरू निर्माण र उत्पादन जस्ता कम सीप भएका क्षेत्रहरूमा कार्यरत छन्, जबकि अधिकांश महिला आप्रवासीहरूले अनौपचारिक क्षेत्रमा या त हेरचाह गर्ने वा घरेलु कामदारको रूपमा काम गर्ने गरेको बताए ।
त्रियुगा नगरपालिकामा आप्रवासी श्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेमा महिला १२६१ र पुरुष २८४७ जना गरी जम्मा ४१०८ जना,रिटर्नी स्वयंसेवक परिचालन महिला १३५५ र पुरुष १३१२ गरी जम्मा २६६७, समुदाय अभिमुखिकरणमा महिला ७२ पुरुष ६७ जम्मा १६९ जनालाई र गहन अभिमुखीकरण महिला १७ पुरुष ४१ गरी ५८ जनालाई सुचनाको पहुँचमा ल्याइएको सम्बन्धी जानकारी दिइएको छ ।
आप्रवासरी श्रोत केन्द्रमा जम्मा ३३ वटा उजुरी परेकोमा १३ वटा त्रियुगा नपामा र २० वटा जिल्ला प्रशासनमा उजुरी दर्ता भएका छन । त्रियुगामा ५ वटा समाधान भएको छ भने जिल्लामा ६ वटा र समाधानको प्रक्रियामा त्रियुगामा८ र जिल्लामा १४ वटा उजुरी रहेको सो कार्यक्रममा जानकारी दिइएको छ ।
दर्ता भएका उजुरीमा ठगी सम्बन्धी ८, मृत्यु ४, सम्झौता , उद्दार, काममा समस्या र स्वास्थ्य सम्बन्धी समस्यामा २ ।२ वटा उजुरी दर्ता भएको र श्रम स्वीकृति लिनेको संख्या आ.ब. २०७९। ८० मा १२०३० रहेको र आ. ब. २०७८।०७९मा ८८३८ रहेको छ भने चालु आ.ब.को साउनदेखि मंसिर मसान्तसम्ममा २, ३८४ जनाले श्रम स्वीकृति लिएको कार्यक्रममा जानकारी दिइएको छ ।
वैदेशिक रोजगारमा गएका त्रियुगा नगरपालिका भित्र ठगी वापतको रकम ३ लाख ८ हजार र मृत्यु भएका परिवारलाई २८ लाख रकम भुक्तानी गरेको सो अनतरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।
त्रियुगा नगरपालिकामा सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने आप्रवासीहरुलाई सूचनामा पहुँच , न्यायमा, सिप तालिममा, वितिय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आएको छ । त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट जम्मा ६ हजार २ सय ७७ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क समेत सो कार्यक्रममा प्र्रस्तुत गरिएको थियो ।
हाल सामी कार्यक्रमको तेस्रो चरण चलिरहेको र पहिलो चरण २०६७देखि २०७०सम्म २ जिल्लामा, दोस्रो चरण २०७० साउनदेखि २०७५ भदौसम्म १८ जिल्लामा र तेस्रो चरण २०७५ भदौदेखि २०७९ असारसम्म ३९ जिल्लाको १५६ स्थानीय तहमा लागु भएको र २०७९ साउनदेखि २०८१ असारसम्म ३८ ज्जिलाका १५६ वटा स्थानीय तहमा कार्यक्रम संचालन भैरहेको जानकारी सो कार्यक्रममा दिइएको थियो ।
Shares