बुङ्गल हाइड्रोको आईपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८२
Image description

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बिहिबार (भदौ ५ गते) बाँडफाँट गरिएको छ ।

कम्पनीले असार २९ गतेदेखि साउन २६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि बाँडफाँट गरिएको हो।

बाँडफाँडमा परेका शेयरहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइड www.himalayancapital.com बाट हेर्न सकिने छ । साथै, बाँडफाँडमा नपरेको शेयर वापतको बाँकी रकम नियमानुसार सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

Man Bahadur Dhami

9 months ago

Bungal hydropower ipo local resident allotment result

सम्बन्धित खबर