प्रभु महालक्ष्मीको ९८ हजार कित्ता सेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनी शशिरञ्जन कलवार, भीमबहादुर गौचन, मोहनराज जोशी, मोक्ष राज्यलक्ष्मी देवी प्रधान र गणेशकुमार घिमिरेको नाममा कुल ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो ।  हाललाई यो सेयर कम्पनीका कायम सेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ । साथै तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर