बुढानिलकण्ड हेरिटेज होटलले आईपिओ निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: १४ मंसिर २०८१
Image description

काठमाडौं । बुढानिलकण्ड हेरिटेज होटल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएको छ । हेरिटेजको आईपिओ निष्काशनको प्रस्ताव सहितका प्रस्ताव पारित गर्न आज साधारणसभा बस्दै छ ।

कम्पनीको कार्तिक २१ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा आज मंशिर १४ गते कम्पनीको रजिष्टर्ड कार्यलयमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र हकप्रद तथा आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर