शेखर गोल्छालाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

अर्थकागज
प्रकाशित: १४ वैशाख २०८३
Image description

काठमाडौं । सर्वोच्च अदालतले हिरासतमा रहेका उद्यमी व्यवसायी शेखर गोल्छालाई २४ घण्टा भित्र उपस्थित गराउन आदेश दिएको छ ।

कानुन विपरीत आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै गोल्छाको श्रीमती सिमा गोल्छाले सोमबार दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको हो ।

इजलासले आदेशमा भनेको छ- 'सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेपछि सोमबार नै थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीले अनुमति दिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर