सोनापुरको कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट
प्रकाशित:
११ कात्तिक २०८०
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार खेलेको केही समयभित्रै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडमा नेगेटिभ सर्किट लागेको छ । आईपीओ निश्कासनपछि नेप्सेमा लिष्टिङ भई (आज) आइतबार यस कम्पनीले पहिलो सेयर कारोबार खुला भएको थियो ।
यस कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको थियो । कारोबार खुलेको केही समयमै पर कित्ता ३५ रुपैयाँ अर्थात १० प्रतिशतले घटेको छ । अहिले यस कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँबाट घटेर ३१५रुपैयाँमा पुगेको छ । कम्पनीको सेयर कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीले गत असोज १४ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणको आईपीओ जारी गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares