सिद्धार्थ बैंकको सिईओ र प्रबन्धकहरुको तलव /भत्ता मात्रै ४५ करोडमाथि, कसले कति बुझे ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले गत आर्थिक वर्ष २०७९ / ८० मा २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ तलव भत्ता बुझेका छन् । बैंकको सिइओमा सुन्दर प्रसाद कँडेल रहेका छन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार नायव प्रमुख कार्यकारी अधिकृतले १ करोड ६५ लाख २८ हजार ९४६ रुपैयाँ गत वर्ष तलव भत्ता बुझेका छन् । बैंकको नायव प्र्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल रहेका छन् ।
यि हुन सिद्धार्थ बैंकका सेयरधनी, कसको कति कित्ता सेयर ?
त्यसै गरी सहायक प्रमुख कार्यकारी अधिकृतले १ करोड ४१ लख ४२ हजार ४४८ रुपैयाँ तलव भत्ता बुझेका छन् । बैंकको सहाय प्रमुख कार्यकारी अधिकृतमा शेरबहादुर बुढाथोकी रहेका छन् ।
त्यसै गरी नायव महाप्रबन्धकहरुले ३ करोड १५ लाख ७१ हजार ६० रुपैयाँ तलव भत्ता बुझेका छन् । त्यसै गरी सहायक महाप्रबन्धकहरुले २ करोड १३ लाख ८ हजार ८५० रुपैयाँ, बरिष्ठ प्रबन्धकहरुले ४ करोड ३७ लाख ६५ हजार ८१६ रुपैयाँ, प्रबन्धकहरुले ८ करोड १८ लाख ३८ हजार ५४८ रुपैयाँ, उप प्रबन्धकहरुले १० करोड ७७ लाख ८१ हजार ४२७ रुपैयाँ र सहायक प्रबन्धकहरुले ११ करोड २१ लाख २२ हजार १५५ रुपैयाँ तलव भत्ता बापत बुझेका छन् ।
बैकले गत आर्थिक वर्षमा सिइओ र प्रबन्धकहरुको तलव भत्तामा मात्रै ४५ करोड ९१ हजार ४८६ रुपैयाँ खर्च गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले मंसिर ५ गते अर्थात भोली मंगलबार आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजे बार्षिक साधारणसभा बोलाएको छ ।
प्रतिक्रियाहरू
Ang raj bharati
2 years ago
6000000000. 00 paisa harayako case maile agm ma uthayako thiya. Yo bank tat paltidai chha hai. Paisa deposit garne le bichar purau hai.
इन्जिनियर बैजु नाथ रौनियार
2 years ago
यो के भएको हो शेयर होलडर हरु लाई नगद ४.२१%, मात्र पाउने अनि तलब भत्ता मा नै यति खर्च हुने त्यसैले सम्बन्धीत प्रमुख ज्यु हरु ले बिचार गरन अनुरोध गर्दछु, धन्यवाद
Shares