पूर्व डिएसपी थपलियाले न्यु कालिका ग्रिललाई दिनुपर्ने ६ करोड नदिएर उल्टै धम्क्याउने र मुद्दा हालेको पीडितको आरोप

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८०
Image description

काठमाडौं । न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का सञ्चालक हरिकुमार श्रेष्ठले नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्दप्रसाद थपलियाले कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम नदिएर उल्टै धाकधम्की दिने गरेको बताएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले थपलिया सञ्चालक रहेको ग्रामिण कृषि सेवा प्रा. लि. बनाउँदा छ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए । थपलियाले ६७ लाखको सम्झौता गराएर छ करोड १३ लाख गर्न लगाएको उनको भनाई छ ।

भुक्तानी माग्दा थपलियाले प्रहरी प्रशासनको दुरुपयोग गरेर उल्टै आफूलाई पीडित बनाएको उनको आरोप छ । थपलियाले उल्टो ५० लाख लिन छ भनेर जिल्ला अदालतमा मुद्दा हालेको श्रेष्ठले बताए । उक्त मुद्दा १४ महिनापछि आफूले जितेको उनले बताए । आफूले थपलियाविरुद्ध जाहेरी दर्ता गराउन जाँदा नौ महिनासम्म हैरानी खेप्नु परेको दुःखेसो पोखे ।

उक्त मुद्दाको अनुसन्धान अधिकृत सुरेश सुवेदी भएपनि दुई जनाको मिलेमतोमा गठी देखिदैन भनिरहेको उनले बताए । थपलियाले पैसा नदिएकै कारण श्रमिकहरुलाई भुत्तानी दिन बाँकी रहेको उनले बताए ।

अखिल नेपाल निर्माण संगठनका उपमहासचिव मदन बराइलीले सरकारले मजदुर ठग्ने गोविन्द थपलियालाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । उनले थपलियालाई राज्यले कारबाही गरेको खण्डमामात्रै भुईँमान्छे र मजदुरहरुले न्याय पाएको अनुभूति गर्न सक्ने बताए ।

अखिल नेपाल निर्माण संगठनका उपाध्यक्ष कमल न्यौपानेले आफूहरुले सकेसम्म थपलियालाई अप्ठ्यारोमा पार्ने र उनको इज्जतमाथि खेलबाड गर्न नचाहेको बताए । उनले दुई पक्ष बसेर छलफल गरी यो विषय टुंगोमा नपुर्याए थापलियाको घर घेर्न आफूहरु बाध्य हुने बताए । न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का मजदुरले थपलियको कृषि फर्ममा काम गर्दाको रकम नपाएको बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर