नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त
प्रकाशित:
१२ जेठ २०८१
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन्।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले सीईओका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारको जेठ ११ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताबाट उनी सीईओमा छनौट भएका हुन्। उनको कार्यकाल चार वर्षको हुनेछ । उनको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी छ। यसअघि कम्पनीको सीईओका लागि सर्टलिष्टमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की छनौट भएका थिए ।
नवनियुक्त सीईओ सुरेन्द्र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares