टी–२० विश्वकपः आज नेपाल र नेदरल्यान्ड्स भिड्ने

अर्थकागज
प्रकाशित: २१ जेठ २०८१
Image description

काठमाण्डौ । टी–२० विश्वकप क्रिकेटमा आज मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० वर्षअघि नेपालले पहिलो पटक टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

नेपाली क्रिकेट टोलीले एक दशक पछि आज मङ्गलबार अमेरिकाको डालासमा आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली समय अनुसार राति मङ्गलबार ९ः१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताए । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले विश्वकपको पहिलो खेल खेल्न सबै उत्साहित रहेको बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर