श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कसको कति ?

अर्थकागज
प्रकाशित: ३१ साउन २०८०
Image description

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय निर्धारण गरेको छ । 

वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महङ्गी भत्ता रहेको छ । यस्तै, प्रतिघण्टा ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको छ ।


प्रतिक्रियाहरू

प्रेम बहादुर बुढाथोकी

2 years ago

सिक्युरिटी गार्ड को कति हुन्छ ? नियम अनुसार पाईएन भने कहाँ उजुरी दिने ??

सम्बन्धित खबर