नेको इन्सुरेन्सको मनोरन्जन खर्च ८० लाख, कानुनी खर्च ५७ लाख
काठमाडौं । संस्थागत सुशासन दिन प्रति दिन कमजोर बन्दै गएको नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८० ८१मा मनोरन्ज गरेर मात्रै ८० लाख रुपैयाँ झ्याम पारेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा मनोरन्ज खर्च ७९ लाख ८७ हजार ७६२ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी कम्पनीले यस आर्थिक वर्षमा कानुनी उपचारमा मात्रै ५७ लाख १ हजार ३७३ रुपैयाँ खर्च गरेको छ । यसबाट पनि सेयरधनीहरुले थाहा पाउनु पर्छ की कम्पनीको संस्थागत सुशासन बिग्रिदो अवस्थामा रहेको छ । सिईओ अशोक कुमार खड््काको आफ्नो स्वार्थ अनुकुलको निर्णयले यति खेर कम्पनी धरासायी बन्दै गएको छ ।
कम्पनीको बीमा शुल्क आर्जनमा मात्रै ०.५७ प्रतिशतको बृद्धि भएको छ । यस अवधिमा अरु बीमा कम्पनीले बीमा शुल्क आर्जनमा छलाङ मारेका थिए । कम्पनीले चैतसम्ममा २ अर्ब ४० करोड ७७ लाख २२ हजार ९४१ रुपैयाँ बीमा शुल्क आर्जन गरको थियो । गत वर्ष कम्पनीले सोही अवधिमा २ अर्ब ३९ करोड ३९ लाख ८५ हजार १३२ रुपैयाँ बीमा शुल्क गरेको थियो ।
Shares