खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर बिक्री खुला, कहाँबाट आवेदन दिने ?
काठमाडौं । खानी खोला हाइड्रोपावर लिमिटेडले आज (कात्तिक १२ गते) देखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो।
कम्पनीले सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो। सो सेयर खरिदका लागि कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, इटहरी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
Shares