प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन पक्राउ
प्रकाशित:
१२ कात्तिक २०८२
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेकपा एमालेका पूर्वसांसद् देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ ।
प्रहरीले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन प्रभु समूहका अध्यक्ष समेत हुन् ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको सीआईबीका एक अधिकृतले बताए ।
भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।
११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो । अहिले सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएको ती अधिकृतले बताए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares