हाथवे इन्भेष्टमेन्टको आईपीओ आज बाँडफाँडको हुँदै

अर्थकागज
प्रकाशित: २४ साउन २०८०
Image description

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ (आज) बिहीबार बाँडफाँड हुने भएको छ । 

ग्लोबल आईएमई क्यापिटलको अनुसार आज बिहान ९ बजे नक्साल स्थित क्यापिटलको आफ्नै कार्यालयमा सेयर बाँडफाँड हुँदैछ ।  

कम्पनीले साउन ४ देखि साउन १८  गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई  शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता सेयर निष्काशन गर्ने छ । 

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो सेयरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  


प्रतिक्रियाहरू

DtOCBoTRENXU

2 years ago

kIasuZnpKMcF

DtOCBoTRENXU

2 years ago

kIasuZnpKMcF

DtOCBoTRENXU

2 years ago

kIasuZnpKMcF

सम्बन्धित खबर