मुगु सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

अर्थकागज
प्रकाशित: १३ मंसिर २०८०
Image description

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले १३ जना प्रहरीलाई सम्मान गरेको छ । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जना सम्मानित भएका हुन् ।उनीहरुलाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशंसापत्र प्रदान गरेका हुन् ।

गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर