रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश

अर्थकागज
प्रकाशित: २५ पुस २०८१
Image description

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा तीन भन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन भएको विषयमा लामो अनुसन्धान र थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको हो । सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिए पनि गोर्खा मिडिया नेटवर्क प्रा.लि. (ग्लोक्सी टिभि)मा उक्त कम्पनीका अध्यक्ष जीबी राईले गरेको लगानी खर्च गर्ने कार्यमा जोडिएकाले प्रहरीले उनलाई कसूरदार माग्दै छानविन र कारवाही प्रक्रिया अघि बढाएको थियो । सूर्यदर्शन सहकारी ठगी मुद्दामा छानविनमा रहेका गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशीलाई भने सोही इजलाशले ८८ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।




प्रतिक्रियाहरू

सम्बन्धित खबर