लगानीको अवसर ! कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १३ गते) अन्तिम दिन रहेको छ। बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ।

बैंकले कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये ३० लाख इकाई बैंकले अन्य संघसस्थालाई बिक्री गर्नेछ भने बाँकी रहेको २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । जसबाट ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बैंकले १० वर्ष अवधिको ‘१० % केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । जसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ भने ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतममा ५ लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाईन आवेदन दिन सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर