एशियन लाइफको हकप्रद सुनिश्चित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १४ जेठ २०८२
Image description

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुनिश्चित गर्ने आज (वैशाख १४) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न जेठ १६ गते बुक क्लोज गर्दैछ । अतः आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।   

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाइसकेको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर