नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा
प्रकाशित:
२५ जेठ २०८२
काठमाडौं । नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने प्रस्ताव राखेर साधारणसभासमेत आह्वान गरेको छ । सभा असार १५ गते बसेरा बुटिक होटल, बबरमहलमा बिहान साढे १० बजेबाट शुरु हुनेछ ।
सभाले कम्पनीको जारी पुँजीमध्ये सर्वसाधारणका लागि छुट्याएको शेयर बिक्री गर्न आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सोही सभाले वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित गत आवका सबै वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिको सेवा सुविधा निर्धारण गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा आगामी तेस्रो कार्यकालका लागि सञ्चालक समिति निर्धारण गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares